Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Friday, October 21, 2016

को हुन् आर्य ? को हुन् अनार्य ?

को हुन् आर्य ? को हुन् अनार्य ?

आर्य र अनार्य
निर्मलमणि अधिकारी आयोदधौम्य’, पीएच.डी.
यदि कसैसँग आर्य भनेको के हो ?” भनेर सोध्ने होभने या त आर्य भनेका हिन्दू बाहुनक्षेत्री त हुन् निभन्दिइहाल्ला वा थोरै समझदार हूँ भन्ठान्ने परेछ भनेचाहिँ भाषासमूहको कुरा निकाल्ला; र कसैले जर्मनेली, इरानेली आदि समेतलाई समेटेर एकखाले प्रजाति समूहको रुपमा आर्यहरुको परिचय देला । तर यी कुनैपनि आर्यत्वका सही अर्थ होइनन् । आर्यभनेको के हो र अनार्यभनेको के हो भन्ने कुरा हामीले राम्ररी बुझ्नु जरुरी छ । किनकि यिनका अर्थमात्रै पनि राम्ररी बुझ्न सक्ने होभने हाम्रो राष्ट्रमा हाल उब्जाइएका धेरै खाले विवाद/भ्रमहरुको समाधान सहज हुनपुग्छ । 

सामान्य बुद्धिले पनि ठम्याउन सकिन्छकि ‘आर्यअनार्यविपरितार्थक शब्द हुन् । तर आर्यत्वको अर्थ रत्तिभर नबुझेका कतिपय व्यक्तिहरुले आर्य भन्नासाथ मंगोलको विपरितार्थक ठान्ने; अनि अनार्यमंगोलशब्दहरुलाई एकआपसमा समानार्थक शब्द जस्तो गलत प्रयोग गर्ने गरेको देखिन्छ । वस्तुतः अनार्य र मंगोल एकअर्काका समानार्थक होइनन्; अनि आर्य र मंगोल शब्द एकअर्काका विरोधी पनि होइनन् । त्यस्तै, बाहुनक्षेत्री जति सबै आर्यहुन्छन् भन्ने कुनै निश्चितता पनि छैन । बाहुनक्षेत्री पनि अनार्य हुन सक्छन् र एउटा मंगोलियन पनि आर्य हुन सक्छ । जहाँ मंगोलशब्द प्रजाति (race) वाचक हो भने आर्यचाहिँ प्रजातिवाचक होइन र यो संस्कारसँग सम्बन्धित छ । आर्यलाई जातिवाचक भन्ठान्नाले कुरो गडबड भएको छ । खासमा आर्य शब्द जातिवाचक हुँदैहोइन; यसलाई जातिवाचक बनाउने षडयन्त्र इसाईहरुको हो र त्यसमा कम्युनिस्टहरुले लागेपुगेसम्म योगदान गरेका छन् ।
युरोपीय साहित्यमा उन्नाइसौं शताब्दीको मध्यतिरबाट मात्र आर्य’ (Aryan) नामको कुनै जातिको चर्चा गर्न थालेका छन् । लास्सेन नामक व्यक्तिले सन् १८४७ मा History of Ancient India किताब छपाएका थिए र त्यही किताबमानै सबैभन्दा पहिलोपल्ट आर्य शब्दको गलत अर्थ लगाएर जातिको जामा लगाइएको हो । त्यसअघि संसारमै कहिँकतै कसैलेपनि आर्य शब्दलाई जातिबोधक शब्दका रुपमा प्रयोग गरेकै थिएन । यसलाई विशेष गरेर लण्डनमा मिति ९।४।१८६६ सन्मा भएको रोयल एशियाटिक सोसाइटीको बैठकमा पश्चिमा इसाई विद्वानहरुद्वारा सर्वसम्मतिले जातिबाचक रुपमा प्रतिस्थापित गर्ने काम भएको हो । वैदिक धर्म, संस्कृति, भारतवर्षीय सभ्यता र ऐतिहासिक गौरवसँग इष्र्यालु पश्चिमा इसाईहरुले रोयल एशियाटिक सोसाइटी मार्फत् भ्रष्टीकरण गरिछाडे । मेकालेको शिक्षानीतिको मूल अभीष्ट पनि यही थियो । तिनीहरुको कपटपूर्ण कार्यको भारतवर्षीय विद्वानहरुले उत्तिखेरै प्रतिकार गर्न नसक्दा मिथ्या कुरा फैलँदै गयो र अहिले आर्यत्वलाई नबुझेर फलानो आर्य र ढिस्कानो अनार्यभन्ने जस्तो हुस्सुपनामा भुलेर मूर्खतापूर्ण विवाद भइरहेको छ । अहिले त यति विकृत र विडम्बनापूर्ण स्थिति छकि मान्छेहरु आर्य भनेका हिन्दू बाहुनक्षेत्री त हुन् निभनेर संकीर्ण अर्थ गर्दैछन् । अनि हिटलर जस्ता व्यक्ति पनि देखिए जसलेकि आर्यत्वलाई जातिय अहंकारका निमित्त समेत प्रयोग गरे । म्याक्समुलर नामक विद्वानले भाषातत्वसँग जोडे यसलाई । यद्यपि म्याक्समुलरको मनशाय पवित्र भएतापनि यसबाट पनि त्यो गल्ती सच्चिएन ।
रोथ आदि लेखक आर्य शब्द अर्धातुबाट आएको भन्छन् । उनीहरुको भनाइ अनुसार कृषिवाचक अर् धातुबाट आर्य शब्द निष्पन्न भयो रे । कसैले त अर्लाई गतिअर्थक (गत्यर्थक) भनेर आर्यहरु त घुमक्कड जातिका हुन्भन्न समेत भ्याए । तर अचम्मको कुरो के छ भने जुन अर्धातुको नाम बेचेर आर्य शब्दको दोहोलो काडियो, अर्थको अनर्थ लगाइयो त्यही अर्धातु संस्कृत कोषमा छँदैछैन । हुँदै नभएको धातु छ भनेर कीर्ते शब्दको आधारमा बाह्रसत्ताइस अनर्थ निकाल्ने काम गर्न समेत भ्याए तिनीहरुले । जसरी पनि भारतवर्षमा फूट पैदा गराउने, हीनताबोध उमारिदिने र इतिहासको भ्रष्टीकरण गर्ने ध्याउन्ना रह्यो उनीहरुको ।
र हाम्रा निमित्त दुर्भाग्यको कुरा उनीहरु सफल भए । कपटपूर्ण कार्यको भारतवर्षीय विद्वानहरुले उत्तिखेरै प्रतिकार गर्न नसक्दा मिथ्या कुरा फैलँदै गयो । इसाई तथा कम्युनिस्ट लगायतका विद्वानहरुका बुद्धि विलासमा छक्किएर आर्य भनेको त यसो पो रहेछभनेर त्यै मिथ्या कुरामा विश्वस्त हुनु लाजमर्दो कुरो हो । अब हामीले चाहेमा आर्य शब्दको यथार्थ/वास्तविकता प्रष्ट पार्न नसकिने होइन । जसरी अर्काले चिनीको स्वाद गुलियो हुन्छभनेर हाम्रा सामु हजारौंपल्ट भनिरहेतापनि आफैंले नचाखुञ्जेलसम्म त्यो गुलियोहुनुलाई अनुभूत गर्न सकिँदैन, त्यसरीनै वैदिक संस्कृत वाङ्मयको अनुशीलन नगरी वैदिक शब्द आर्यको यथार्थता÷ वास्तविकता जानिँदैन । आर्यत्वबुझ्न वेदको सहायतालेमात्र सकिन्छ ।
ईश्वरवाचक अर्यशब्द (ऋग्वेद१।८६।६) ऋ गतौधातुमा अचोयत्गरेपछि ऋहलोण्र्यत्सूत्रले (अष्टाध्यायी३।१।१२४) ण्यत्गर्नाले निष्पन्न भएको हो । यो ईश्वरवाचक अर्यशब्दमा नै तस्यापत्यम्’ (अष्टाध्यायी४।१।९२) सूत्रले अण्प्रत्यय लाग्नाले आर्यपद निष्पन्न भयो । यी जम्मै कुराको विवेचना गर्दा आर्य भनेको ईश्वरपुत्र, श्रेष्ठ, उत्तम गुणयुक्त, सद्गुण परिपूर्ण आदि हो भन्ने स्पष्ट हुन आउँछ । कर्तव्यमाचरन् काममकर्तव्य मनाचरम्, तिष्ठति प्राकृताचारे स तु आर्य इति आर्य इति स्मृतः ।।श्लोकले यसैलाई प्रष्ट्याउँछ । यी सबै कुराले आर्य भनेको बानीबेहोरा एवं धारणासँग सम्बन्धित छ भन्ने प्रमाणित हुन्छ । वेदका आधिकारिक भाष्यकार सायणाचार्यले विभिन्न स्थानमा आर्यको अर्थ गर्दा कतैपनि जातिबोधक अर्थ गरेका छैनन् ।
अम्बेडकरले ऋग्वेदका पानापाना पढेर गणना गर्दा अर्यशब्द ८८ (अठासी) स्थानमा र आर्यशब्द ३१ (एकतीस) स्थानमा भेटे; र कतैपनि यी जातिवाचक भएको पाएनन् । यी तमाम सत्य तथ्य विपरित आर्य शब्दलाई कुनै एउटा जात वा प्रजाति भनिइनु पटमुख्र्याइँ हो । हामी एउटा उदाहरण हेरौं । 
वेदमा भनिएको छ— “कृण्वन्तो विश्वमार्यम्” (ऋग्वेद९।६३।५) अर्थात् सारा विश्वलाई आर्य बनाऊ । हामीले माथि विवेचना गरेझैं आर्यत्व संस्कार, बानीबेहोरा, धारणासँग सम्बन्धित भएको खण्डमा विश्वलाई आर्य बनाऊभन्दाखेरीमा सबैको नराम्रो÷खराब संस्कार, बानीबेहोरा, धारणा हटाइदिएपछि सबैलाई आर्य बनाउन सकिने हुन्छ; र कामकुरो मिल्छ पनि । यदि हिन्दू बनाऊ, वा बौद्ध बनाऊ, शिख बनाऊ, वा इसाई बनाऊ, वा मुस्लिम बनाऊ भनेको भए अहिले विभिन्न मिसनरीहरुले गरेझैं संस्कारान्तरणको खेती गरे पुग्दो हो । तर यदि आर्य भनेको बाहुनक्षेत्री जस्ता चुच्चा नाके हो भने के अर्थ आयो त विश्वलाई आर्य बनाऊ अर्थात् कृण्वन्तो विश्वमार्यम्सन्देशको ! के यहीकि नेप्टो नाकलाई सनासाले तानेर चुच्चो पार्ने ? अफ्रिकाका काला मानिसहरुलाई बार्निस घसेर रंग फेर्ने कि ? चीनका होचा प्रजातिलाई दुईपट्टिबाट तानेर अग्ल्याउने ? —के अब सारा विश्वलाई आर्य यसरीनै बनाउने ? यसरी छर्लङ्ग हुनआउँछकि बाहुनक्षेत्री जस्ता चुच्चो नाक हुनेहरु आर्य र मंगोलियन जस्ता थेप्चो नाक हुनेहरु अनार्य भन्नु मुर्खतापूर्ण, बेतुके, पुङ्माङे, हावादारी हो । आर्य र अनार्य नाकको किसिमले छुट्टिने कुरो होइन; आर्य र अनार्य छालाको रंग हेरेर खुट्टिने तत्व पनि होइन । आर्य भन्ने जात हुँदैन र अनार्य भन्ने जात पनि हुँदैन । वस्तुतः आर्यत्व/अनार्यत्व एउटा संस्कार हो । संस्कार सपारेर अनार्य पनि आर्य बन्न सक्छ; अनि संस्कार बिग्रेको खण्डमा आर्य पनि अनार्य हुन्छ । अस्तु ।
(स्पेसटाइम दैनिक, वर्ष २ अंक १८१, वि.सं. २०५९ बैशाख २१ शनिवार, पेज नं. ६ मा प्रकाशित)

पुरा पढ्नुहोस..

Tuesday, September 22, 2015

यदी हाम्रो देश युद्धसामाग्री उत्पादक देश हुन्थ्यो भने

यदी हाम्रो देश प्रमुख युद्धसामाग्री उत्पादक देश मध्ये एक हुन्थ्यो भने, हाम्रो देशको आर्थिक उन्नतीका लागि धेरै भन्दा धेरै युद्ध सामाग्रीको बिक्रि वितरण हुनु आवश्याक हुन्थ्यो । यसका लागि बजारमा हाम्रो देशमा उत्पादित युद्धसामाग्रीको माग बेजोड हुनु आवश्यक हुन्थ्यो । युद्ध सामाग्रीको प्रयोग गुच्चा खेल्न त गरिन्न, युद्ध गर्नमा गरिन्छ । तेसैले हाम्रो देशको उत्पादनको माग बढ्न र तिनले बजार पाउन ठाउँ ठाउँमा युद्ध भैरहनु अनिवार्य हुन्थ्यो । हाम्रो उत्पादन हाम्रो आफ्नै देश भित्र भन्दा अरूनै देशमा प्रयोग हुनु आर्थिक, सामाजिक आदि हरेक दृष्टिकोणले उपयुक्त हुन्थ्यो त भनिरहनु नपर्ला ।

आधुनिक युद्दसामाग्री उत्पादन हुँदै 


अर्को कुरो अन्य देशले उत्पादन गर्ने सामानहरूको प्रयोग हाम्रो देशवासीले गर्न ति देशबाट ति सामान हामिले किन्नु पर्ने हुन्थ्यो। उदाहरणको लागि तेल (डिजेल, पेट्रोल आदि ) 'लाई नै लिऔं । हाम्रो देशमा खपत गरिने तेल बिदेशीसँग किन्नु पर्ने हुन्थ्यो । हाम्रो देशलाई ब्यापार घाटाबाट जोगाउन त्यो तेल किन्दा दिएको पैसा सो देशलाई हाम्रो देशमा उत्पादित युद्धसामाग्री किन्न बाध्य परेर फिर्ता गराउनु सबैभन्दा उत्तम उपाय हुन्थ्यो । ब्यापार घाटा खानु कुनै पनि देशको अर्थतन्त्रको लागि भयंकर खतरनाक हुन्छ पनि मैले भनीरहनु नपर्ला !

कुरो रह्यो : विश्वका धेरै भन्दा धेरै ठाउँमा युद्ध कसरी पार्ने ? युद्धको लागि अतिवादी असहिष्णु जमात चाहिन्थ्यो । अतिवादी विचारले दिमाग भुटेर फरक बिचार राख्नेलाई मार्न र परेको खण्डमा मर्न तयार जमातको उत्पादन गर्नु हाम्रो देशको अर्थतन्त्रको लागि अत्यावश्यक हुन आउँथ्यो । यो काम खाशै गाह्रो चाहिँ हुने थिएन । बर्तमान विश्वमा लडाइँ झगडा गर्नको लागि अनगिन्ति फरक विचारहरू उपलब्ध छन् ! प्रजातन्त्र, पुँजीवाद, समाजवाद, साम्यवाद आदी जस्ता विचार त हाम्रा आफ्नै विद्वानहरूले उत्पादन गरेर विश्वभर सप्लाई गरिसकेकै छन् । हाम्रा गुप्त दुतहरूले संसारभर यी फरक फरक विचारको फरक फरक तरिकाले प्रबर्द्धन पनि गरिरहेकै छन् । विभिन्न् फरक धर्महरू पनि संसारै भरी उपलब्ध छन् । फरक संस्कार, फरक राष्ट्रियता, फरक भाषा आदि आदि फरकपन कति कति ! अव यी फरकपनलाई उछालेर तेसका सदस्यहरूलाई अर्को समूहको सदस्य जहाँ भेट्यो मारीहाल्न र आफ्नो समूहको सदस्यको रक्षाको लागि हाँसी हाँसी मर्न तयार पार्ने काम मात्र बाँकी हो । यो काम फत्ते गर्न हाम्रा देशका चतुर गुप्तदुतहरूलाई कुनै ठूलो कुरो हुने थिएन ।

यहाँसम्म त युद्धसामाग्रीको बजार बिस्तार गर्नको लागि गरिन्थ्यो, तर यतिमै हाम्रो देशमा उत्पादित युद्धसामाग्री खुरु खुरु बिक्छन भन्ने ग्यारेन्टी चाहिँ हुने थिएन । मानौं हामीले युद्ध पार्न सफल भइयो र ठाउँ ठाउँमा काटमार पनि शुरू भयो ! तर काटमार हाम्रो देशमा उत्पादित हतियारको प्रयोग  विना नै पनि त हुनसक्थ्यो ! पुराना जमानाका काटमारमा प्रयोग हुने सामाग्री त प्राय जुनै देशमा पनि उत्पादन हुन्छन । आधुनिक नरसंहारका सामाग्री कै लागि पनि अन्य खेलाडी देशहरू हाम्रो देशले सृजना गरेको बजार हडप्न निस्कन सक्ने थिए ।

तर के तपाई हाम्रा देशका ठालूहरू लाटा छन भन्ने ठान्नुहुन्छ ? तेसो हुन कदापी दिइन्नथ्यो । मानवअधिकारवाद र आतंकवाद जस्ता हाम्रा जिनियस माइण्डहरूले उत्पादन गरेका गफ छैनन ? हाम्रो देशमा उत्पादित युद्ध सामाग्रीको बजार शुरक्षा गर्न भर्खर उल्लेखित दुवै वादहरूको हाम्रो आफ्नै तरिकाले भरपुर उपयोग गरिन्थ्यो । हाम्रो देशमा उत्पादित सामाग्रीको प्रयोग बिना गरिने काटमारमा मानवअधिकारको हनन भयो भन्ने थिए हाम्रा देशका प्रशासक र राजनीतिज्ञहरूले । सकेसम्म अन्य देशलाई युद्धसामाग्री उत्पादन नै गर्न दिइन्नथ्यो । हाल रहेका उत्पादकहरूमा हाम्रा बन्धुराष्ट्र बाहेकका उत्पादकको सामाग्री किन्नेहरूलाई आतंककारी भनिने थियो । हाम्रो र हाम्रो बन्दुराष्ट्रहरूद्वारा उत्पादित युद्धसामाग्री लिने र बदलामा तेल दिने देश (उदाहरणको लागि साउदी अरेविया) जस्तै नर्क भए पनि प्रजातान्त्रिक मानिदिने थियौं हामी । अन्य उत्पादकको किन्ने वा नकिन्नेलाई अधिनायकवादी भन्ने र बिद्रोही (जसलाई हामी प्रजातान्त्रिक शक्ति अर्थात प्रो डेमोक्रेटिक फोर्स भन्ने थियौं) खडा गरि ति देशमा बिग्रह काटमार पारिदिने थियौं । यी सव हाम्रा प्रोपागान्डाहरूलाई सत्य-तथ्य सावित गर्न विश्वका अधिकतम आम सञ्चारका साधनहरू हाम्रै आधिपत्यमा रहेका हुने थिए । कुनै देशको सरकारले हाम्रो देशमा उत्पादित युद्धसामाग्री नकिने, त्यो देशमा हामीले उत्पादन गरेका बिद्रोहीले सर्वसाधारणको पैसा लुटेर भए पनि हाम्रा सामाग्री र सेवा किन्ने थिए ।

लेखक : टेडे जेठो
पहिलो पटक टेडे जेठाको ब्लगमा Oct 2, 2014 @ 21:45 मा प्रकाशित

पुरा पढ्नुहोस..

Tuesday, September 8, 2015

भारत शब्दभित्र लुकेको अंग्रेजको कपट

सम्पूर्ण आदरणीय नेपालीहरुमा क्रान्तिकारी प्रणाम !


म आज यहाँहरू समक्ष गोर्खा राज्य अर्थात नेपालका सबै ठालूहरूलाई थाहा भएको तर सार्वजनिकरुपमा बोल्न भने आजसम्म कसैले पनि आँट नगरेको एउटा तथ्यगत पोल खोल्न जाँदैछु । यो पोलको केहि अंश हाम्रो पार्टीका कार्यकर्ताहरूको माध्यामबाट हजुरहरू समक्ष पहिले नै आइपुगेको भए दोहोर्याएर पढिदिनु भएकोमा धन्याबाद टक्र्याउँछु ।

भारत नामले चिनिने हिन्दुस्थान


सन् १६०० तिर अंग्रेजले „हातमा राइफल र साथमा बाइबल“ बोकेर हाम्रो पवित्र आर्यभूमि भारतबर्षमा तिनका अपवित्र बुठ बजारेका र तिनैलाई भारतबर्षबाट खेद्नको लागि तिब्र गठनको प्रक्रियामा रहेको गोर्खा राज्यसँग सन् १८१४ बाट आमने-सामनेको भिडन्त शुरू भएको कुरा यहाँहरू सबैलाई अवगतै छ । त्यो आमने सामनेको भिडन्त „सूगौली सन्धि“ नाम राखिएको सन्धिद्वारा समापन गरिएको थियो । तर बास्तवमा त्यो सन्धिले सम्पूर्ण युद्द समापन गरेको नभएर केवल सतहमा देखिने आमने-सामनेको भिडन्तको मात्र समापन गरेको थियो । उक्त सन्धि यता आजसम्म सोही अंग्रेज-गोर्खा सतहमै देखिने आमने-सामनेको भिडन्तबाट सतहमा नदेखिने शितयुद्द तवरको भित्री दाउपेचका रुपमा जारी छ ।

यो अवधिमा हामी गोर्खा राज्यका जनताले चरम आर्थिक गरिवी सहेरै भए पनि अंग्रेजहरूलाई तिनको हातको राइफल सहित भारतबर्षबाट फिर्ता पठाउन सफल भएका छौं । तिनीहरू हामी भारतबर्षका जनतालाई पनि संयुक्त राज्य अमेरिकाका रेड इन्डियन जस्तै नष्ट गरी तेहाँ जस्तै खैरामान्छेहरूको हालीमुहाली चलाउन चाहन्थे, जसमा उनीहरू सफल नभएको कुरा हजुरहरू समक्ष प्रष्ट नै छ ।  तर तिनले साथमा ल्याएको बाइबल, कुसंस्कार, कुभाषा आदि र तिनले तिनको सेवा गर्न कुसंस्कृत र असभ्य पारेका हाम्रा आर्य मित्रजनहरू भने अझै पनि हाम्रो पवित्र आर्यभूमी भारतबर्षमै रहेका छन् । यी सबै कुसंस्कारहरूलाई उल्ट्याएर हाम्रो आर्य सुसंस्कार पुनर्स्थापित नगरी गरिने आर्थिक बिकास केवल गरिव बिध्वानले पालेको गोरूको तुलनामा धनी मुर्खको गोरू केहि मोटो-घाटो देखिए तरहको मात्र हुनेछ । र अंग्रेजले कुसंस्कृत पारेका हाम्रा आर्य मित्रहरूलाई फेरी फेरी पनि सुसंस्कृत पार्ने अभिभारा पनि हामी गोर्खाली अर्थात नेपालीकै हो । आज यहाँ मैले खोल्न लागेको पोल भने केवल एउटा शब्दको बारेमा हो । त्यो शब्द हो „भारत“ !

'भारत' शब्दको अर्थ 'ज्ञानप्रेमी' हुन्छ । मतलव भारत शब्दको नामले ठाउँ होइन ब्याक्ति जनाउँदछ । ज्ञानप्रेमी अर्थात भारतहरू बसेको भूमीलाई नै भारतबर्ष भनिएको हो । उदाहरणको लागि भारद्वाज ऋषि एक ज्ञानप्रेमी अर्थात एक भारत थिए । पृथ्वीनारायण शाहको गोत्र पनि गोत्रहत्याको पाप कटाउनका लागि काशी गई काश्याप भएँ भन्नु अगाडि भारद्वाज नै थियो । यसको मतलव उनी ऋषि भारद्वाजका सन्तति थिए । यसरी पृथ्वीनारायण शाह एक भारतका सन्तान अर्थात एक भारत थिए र कहिलै कुनै दुस्मनको कब्जामा नपरेको राज्य पनि यिनै भारतले राज गरेको राज्य मात्र हो । तेसैले असली भारत अर्थात असली ज्ञानप्रेमीको राज्य आजको गोर्खा अर्थात नेपाल भनिने राज्य मात्र हो भने अंग्रेजले भारतबर्षमा आफू टिक्न नसक्ने निधो भएपछी जाँदा-जाँदै हाम्रो अस्थित्व पनि नष्ट गरिदिने हेतुले निर्माण गरेर भारत नाम राखेको देश केवल हिन्दुस्तान हो । त्यो हिन्दुस्तान जसरी हाल नक्कली लुम्बिनी निर्माण गर्ने कोशिस हुँदैछ, तेसरी नै हाम्रो सम्पूर्ण पुर्ख्यौली हडप्न तयार पारिएको नक्कली भारत हो भने असली भारतको राज्य  हाम्रो गोर्खा अर्थात नेपाल राज्य हो ।

हाल नेपाललाई धर्म निरपेक्ष बनाउनु पर्छ भन्नु पनि यही पुर्ख्यौली हडप्ने नीति अनुसार हिन्दु संस्कार जस्तो हाम्रो अमूल्य पुर्ख्यौली हामीबाट खोसेर हिन्दुस्तानको एकलौटी पारिदिने षड्यन्त्रमा आधारित छ । पश्चिमा शैक्षिक संस्था र सञ्चारमाध्यामहरू अहिल देखी नै ६०% पनि हिन्दु नरहेको हिन्दुस्तानलाई ८०%  हिन्दु रहेको र ९२% भन्दा बढी हिन्दु रहेको नेपाललाई भने केवल ७०% मात्र भनेर हल्ला मच्चाउनमा तल्लिन छन् ।

आजसम्म अन्जानबस उक्त हिन्दुस्तानलाई भारत भन्नेहरूलाई अव उप्रान्त सो नगर्न हाम्रो पार्टी बिनम्र अनुरोध गर्दछ । यो अनुरोधका वावजुद पनि हिन्दुस्तानलाई हिन्दुस्तान नभनेर भारत का भारत रटान लगाउनेहरूलाई भने अंग्रेजकै पाल्तु रहेछन भनेर चिनिने छ र सोहि अनुसार बौद्धिक र आवश्यक परे भौतिक कारवाही सम्म गरिने जानकारी गराइन्छ ।


धैर्यता पुर्वक पढिदिनु भएकोमा हार्दिक धन्याबाद !
राता आर्यजन पार्टी भारतबर्ष (रुवीवादी)
पुरा पढ्नुहोस..